काठमाडौं, माघ ८, जनबोली न्युज डेस्क । संबिधानसभाको बैठक आधा घण्टाकका लागि स्थगितसंविधान सभाको बैठक चौथो पटक पनि स्थगित भएको छ । विपक्षीहरुले लगातार अबरोध गरेपछि सभामुख नेम्वाङ्गले साढे १ बजे आधा घण्टाका लागि बैठक स्थगित गरेपनि अझै बस्न सकेको छैन । बैठक स्थगित गरेर दलहरुसँग वार्ता र सम्वादको प्रयास गरिएको संसद सचिवालयले जनाएको छ ।

सभाध्यक्ष सुबास नेम्वाङले संबिधानसभाको बैठक आधा घण्टाको लागि स्थगित गरेका छन् । प्रतिपक्षी दलका सभासदले रोष्ट्रम अघि पुगेर निरन्तर नाराबाजी गरेपछि सभामुखले आधा घण्टाको लागि बैठक स्थगितगरेका हुन् ।

बैठक स्थगित हुनुअघि दलहरुको ध्यानाकर्षण गराउदै सभामुख नेम्वाङले माघ ८ मा संबिधान नआउने स्थिति बनेको बिषयमा जनता समक्ष केही कुरा राख्न अनुरोध गरेका थिए ।

सभामुखले बोलिरहँदा विपक्षी दलका सभासदहरु नाराबाजी गरिरहेका थिए भने सत्ताधारी दलका सभासदहरुले टेबल ठोकर समर्थन जनाइरहेका थिए ।

'यो स्थिति देख्दा जनताले के टिप्पणी गर्नुहुन्छ ? हामी कल्पना गरौं', प्रतिपक्षीले नाराबाजी गरिरहँदा नेम्वाङले भने,'अहिले पनि संवाद र सहमति गरी समस्यालाई टुंगोमा पुर्‍याऔं ।'

'जनतालाई आजको दिनमा संबिधान दिन सकेनों । आगामी दिनमा यसरी संबिधान दिन्छौं भनेर भनौं', सभाध्यक्षले विपक्षी सभासदलाई कुर्सीमा आग्रह गर्दै भने,'यो स्थितिलाई जतिसक्दो चाडो अन्त्य गर्नुपर्छ ।'

सभाध्यक्ष नेम्वाङले व्यवस्थापिका संसद लामो समयसम्म अवरुद्ध भए पनि संबिधानसभा अवरुद्ध भएको यो पहिलो पटक भएको बताए । उनले दलहरुले आफ्नो प्रतिबद्धता अनुसार संबिधानसभाको बैठक कहिल्यै अवरुद्ध नपारे पनि आज पहिलो पटक संबिधानसभाको बैठक अवरुद्ध भएको  बताए ।

जनतासँग क्षमा मागौं : भट्टराई

सत्तारुढ दलले प्रश्नावलीBaburam_Bhattarai उपसमिति प्रस्ताव उपर कार्यसुचि तयार गरेर नेपाल सरकार, कांग्रेस–एमालेले बेफ्वाँकमा जनतालाई झुक्याएर संविधान जारी गर्न लागेको भ्रम छरेको भनेर बाबुराम भट्टराईले बताएका हुन् । संविधान नआउने निश्चित भएपछि भट्टराईले सबै दलहरुसँग समन्वय गरी जनतासँग पूनः एकपटक क्षमा याचना माग्नु पर्ने सभाध्यक्षलाई सुझाव दिएका हुन् ।

सम्बन्धित खबरहरु