suvash काठमाडौ, माघ ८,जनबोली न्युज डेस्क । विपक्षीहरुले तयार गरिएको प्रश्नावली उपसमितिको कार्यसुचीमा प्रवेश गर्न नदिएपछि बैठक स्थगित गरिएको थियो । अब कुन प्रक्रियामा लाग्ने भनेर सभाध्यक्षद्वारा शिर्ष नेताहरुसँग छलफलको तयारीमा जुटेका हुन् ।

सत्तारुढ दलले प्रश्नावली उपसमिति प्रस्ताव उपर कार्यसुचि तयार गरेर नेपाल सरकार, कांग्रेस–एमालेले बेफ्वाँकमा जनतालाई झुक्याएर संविधान जारी गर्न लागेको भ्रम छरेको भनेर बाबुराम भट्टराईले बताउँदा विपक्षीहरु नाराबाजीमा लागेका थिए र बैठक आधा घण्टाका लागि स्थगन गरिएको थियो ।

बैठक स्थगित हुनुअघि दलहरुको ध्यानाकर्षण गराउदै सभामुख नेम्वाङले माघ ८ मा संबिधान नआउने स्थिति बनेको बिषयमा जनता समक्ष केही कुरा राख्न अनुरोध गरेका थिए ।

सभामुखले बोलिरहँदा विपक्षी दलका सभासदहरु नाराबाजी गरिरहेका थिए भने सत्ताधारी दलका सभासदहरुले टेबल ठोकर समर्थन जनाइरहेका थिए ।

'यो स्थिति देख्दा जनताले के टिप्पणी गर्नुहुन्छ ? हामी कल्पना गरौं', प्रतिपक्षीले नाराबाजी गरिरहँदा नेम्वाङले भने,'अहिले पनि संवाद र सहमति गरी समस्यालाई टुंगोमा पुर्‍याऔं ।'

'जनतालाई आजको दिनमा संबिधान दिन सकेनों । आगामी दिनमा यसरी संबिधान दिन्छौं भनेर भनौं', सभाध्यक्षले विपक्षी सभासदलाई कुर्सीमा आग्रह गर्दै भने,'यो स्थितिलाई जतिसक्दो चाडो अन्त्य गर्नुपर्छ ।'

सम्बन्धित खबरहरु