काठमाडौ । स्वदेशमा पिडा हुँदा परदेशमा छटपटी, परदेशमा दुख पर्दा स्वदेशमा पिडा हामी नेपालीको बाध्यता हो ।

रोजगारी, अध्ययनका लागि लाखौँ व्यक्ति परिवारभन्दा टाढा देश बाहिर हुनुहुन्छ त्यो बाध्यताकाबीच साथ सहयोग र सम्झना सदैव छ ।

भूकम्प, बाढीपहिरो होस् वा महामारी या त नेपालमा आपतविपतमा परेका नेपाली देखि नेता बचाउन अस्पतालको रकम तिर्न समेत विदेशमा रहेका नेपालीले सहयोग गरिरहेका छन् ।

अहिले नेपालको सहयोगमा विश्वभरी रहेका नेपालीहरुले सहयोग गरिरहनुभएको छ ।

हालै अष्ट्रेलियामा पढ्दै गरेका विद्यार्थीहरुले समेत महामारीमा सहयोग दिनुभएको छ ।

अष्ट्रेलियामा पढ्दै गरेका विद्यार्थीले गत बर्ष देउसी भैलो खेलेर जम्मा गरेको रकम नेपालीको सास जोगाउने प्राणवायु (अक्सिजन) खरिद गर्न सहयोग पठाउनुभएको छ ।

उहाँहरुले नायक पल शाह र उहाँको टीम मार्फत रकम पठाएर अति प्रभावित क्षेत्र दाङमा अक्सिजन र अतिआवश्यकीय औषधीहरु खरिदमा सहयोग गर्नुभयो । पठाएको रकमबाट नायक पल शाह र उहाँको टीमले दाङमा २० वटा ठूला अक्सीजन सिलिन्डर पठाउनुभएको छ । सहयोग आपत परेका स्थानमा पुगेपछि अष्ट्रेलियामा रहेको उक्त देउसी समूहको तर्फबाट एक विज्ञप्ति जारी गरेर नै खुशी व्यक्त गर्नुभएको छ । उहाँहरुलाई हाम्रो तर्फबाटपनि विशेष धन्यवाद

यस्तो छ विज्ञप्ति

गत वर्ष अष्ट्रेलियामा पढ्दै गरेका हामी विद्यार्थीहरु मिलेर विदेशमा पनि आफ्नो संस्कृति को प्रवर्धन गर्ने उद्देश्य लिएर सिड्नीका विभिन्न ठाउँमा देउसी भैलो खेलेका थियौ । हाम्रो देउसी भैलो कार्यक्रमलाई देश तथा विदेशमा बसोबास गर्ने नेपालीहरुले पनि धेरै नै मनपराउनु भयो र माया अनि प्रशंसा गर्नु भयो। त्यसका लागि हामी हृदयदेखि नै धन्यवाद दिन चाहन्छौं।

आफ्नो देशको संस्कृति को जगेर्ना गर्ने सँगसँगै देशमा महामारी परेको बेला सानो सहयोग पनि गरेका छौं । देउसी भैलोमा उठेको रकमको सही सदुपयोग गर्ने उद्देश्यले हामीले सो रकम साँचेर राखेका थियौं। अहिले देश कोरोनाको महामारीको चपेटामा छ ।

राष्ट्रलाई सहयोगको आवश्यकता छ। सोही कुरालाई महसुश गरेर हामीले सो देउसी भैलोमा उठेको रकमबाट नेपालको अतिनै प्रभाव परेको क्षेत्र मध्यको एक दाङ मा २० वटा ठूला अक्सीजन सिलिन्डर उपलब्ध गराएका छौं।

देउसी भैलो बाट उठेको रकम मध्यबाट रु. दुई लाख रुपया (अष्ट्रेलियन डलर २१३०) हामीले सो कार्यमा खर्चेका छौ जसबाट हामीले २० थान अक्सीजन, अतिआवाश्यक औषधीहरु उपलब्ध गराएका छौं।

यस कार्यका लागि हामीले नेपालमा दिन रात नभनी नेपाली जनतालाई सहयोग गरीरहनु भएका नायक पल शाह र उहाँको टिमसँग सहकार्य गरेका थियौं। पल जी र उहाँको टिमलाई पनि हामी ह्रदयदेखी नै धन्यवाद दिन चाहान्छौ। सिड्नीमा हाम्रो देउसी भैलोमा हामीलाई साथ र सहयोग गर्नु हुने सम्पुर्णलाई आभार व्यक्त गर्न चाहान्छौ । धन्यवाद
देउसी भैलो टोली

सम्बन्धित खबरहरु