काठमाडौं । नेपाली कला क्षेत्रमा जम्दै गरेको एउटा नाम हो निशा घिमिरे ।

कुनै बेला चमकधमक रहेको उनको जिन्दगी अहिले बेसहारा बनेको छ ।

निकै नै दयनीय अवस्थामा उनलाई देख्न सकिन्छ । उनको अहिलेको यो अवस्था देख्दा निस्शब्द नुहने सायदैं होलान् ।

कलाकारितामा उच्च शिक्षाको क्रममा भारतमा सवारी दुर्घटनामा परेकी उनको उपचार राम्रोसम्ग भइरहेको छैन ।

उपचारको अभावले उनका यो अवस्थामा पुगेको चलचित्रकर्मी दीपक राज पाठकले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनी लेख्छन्, ‘केही दिन पहिले पहिलो पटक टिकटकमा उहाँको यस्तो नाजुक अवस्था देख्दा आँसु रोकिएन मेरो !

?? पहिले र अहिलेको यो अवस्था देख्दा मेरो मात्र होइन देख्ने जो कोहीको आँखा रसाउछ होला सायद !? एउटा राष्ट्रको गहना निशा उपचारको अभावले जीवनमरणको दोसाँधमा छिन ।

मेरो अनुरोध? हाम्रो सानो सहयोगले निशा पुरानै अवस्थामा फर्किन सक्छिन्,’ उनले सहयोग गर्न चाहनेहरुका लागि पनि सम्पूर्ण विवरण दिएका छन् ।

त्यसैले सहयोगी मनहरुले सनराइज बैंकमा निशाका बुवा प्रेम प्रसाद घिमिरेको नाममा रहेको खाता नम्बर ०८४०६१३६१३२०५००१ मा सहयोग गर्न सक्नु हुनेछ ।

निशाको परिवारको आर्थिक अवस्था नाजुक भएका कारण सक्ने सवैमा सहयोगको लागि हार्दिक अपिल गरिएको छ ।

सहयोगका लागि मोडल निशाका बुवालाई सिधा सम्पर्क प्रेम प्रसाद घिमिरे ९८५१२३८९५२ मा गर्न सक्नुहुन्छ । उनको शिघ्र स्वास्थ्य लाभका भगवान् पशुपतिनाथ सँङ्ग यहि प्राथना गर्दछु !

 

सम्बन्धित खबरहरु