काठमाडौ । विराटनगरकी २३ वर्षीया मेघा घिमिरेलाई टिकटकमा २५ लाख ५० हजार जनाले फलो गरेका छन् ।

आफूले रमाइलोका लागि सुरुमा टिकटक बनाएको बताउने उनले आफ्नो टिकटकबाट अरूलाई हौसला एवं प्रेरणा मिलेकामा खुशी व्यक्त गरिन् ।

घिमिरेले पाँच वर्षअघि १८ बर्षको उमेरमा करेन्ट लागेर दुवै हात गुमाएकी हुन् ।

घिमिरे टिकटकबाट अरू मानिसहरूले दिने मायाले आफ्नो आत्मबल बढेको बताउँछिन् ।

उनी भन्छिन्, मेरो भिडियो हेरेर कसैको हिम्मत बढेको सुनाउछन्, मलाई एकदम खुसी लाग्छ।

बीबीसीसँग कुरा गर्दै उनले अरुको आत्मबल बढाउन सक्ने व्यक्ति बन्न सकेकोमा खुशी रहेको बताइन् । मेरो भिडियो हेरेर अरूलाई मोटिभेसन मिलेको अरूले सुनाउदा आफूलाई थप उर्जा मिलेको उनले बताइन् ।

घिमिरेको टिकठकमा ४ करोड ५४ लाख लाइक पुगेको छ । उनी ३३ हजार भोल्टको करेन्ट लागेर आफू बचेकोमा आफूलाई भाग्यले बचेको बुझ्छिन् ।

 

सम्बन्धित खबरहरु