एजेन्सी । यूरोपमा आयोजना भईरहेको १६ औं संस्करणको यूरो कप फुटबलमा आज शुक्रबार तीन खेलहरु हुँदैछन् ।

यूरो कपको समूह चरण अन्तर्गत आज हुने पहिलो खेलमा स्विडेन र स्लोभाकियाबीच प्रतिस्पर्धा हुनेछ ।

समूह ई मा रहेको दुई टिमबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ । स्लोभाकिया लगातार दोस्रो जीत निकाल्ने योजनामा हुनेछ ।

पहिलो खेलमा स्लोभाकियाले पोल्याण्डलाई २-१ गोल अन्तरले हराएको थियो । स्लोभाकिया समूहको शीर्ष स्थानमा रहेको छ ।

स्विडेन भने पहिलो जीत निकाल्ने योजनामा हुनेछ । स्विडेनले पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरी खेलेको थियो ।

स्विडेन १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । दोस्रो खेलमा क्रोएसिया र चेक रिपब्लिक भिड्ने छन् ।

दुई टिमबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । समूह डी मा रहेको क्रोएसिया पहिलो जित निकाल्ने योजनामा रहेको छ ।

पहिलो खेलमा क्रोएसिया इंग्ल्यान्डसँग १-० गोल अन्तरले पराजित भएको थियो । क्रोएसिया समूहको तेस्रो स्थानमा रहेको छ ।

चेक रिपब्लिक भने लगातार दोस्रो जीत निकाल्न चाहन्छ । पहिलो खेलमा चेक रिपब्लिकले स्कटल्याण्डलाई २-० ले हराएको थियो ।

चेक रिपब्लिक ३ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ । आज हुने तेस्रो खेलमा इंग्ल्यान्ड र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

इंग्ल्यान्ड र स्कटल्याण्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । समूह डी को इंग्ल्यान्ड लगातार दोस्रो जीत निकाल्ने योजनामा रहेको छ ।

इंग्ल्यान्ड ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई हराएको थियो ।

स्कटल्याण्ड भने पहिलो जीत निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा स्कटल्याण्ड चेक रिपब्लिकसँग स्तब्ध भएको थियो । अंक विहीन स्कटल्याण्ड पुछारमा रहेको छ ।

सम्बन्धित खबरहरु