काठमाडौ । माओवादी केन्द्र पार्टी परित्याग गरेर नेकपा एमाले स्थायी कमिटी सदस्य बनेका मणि थापाले जस्तो संकट आएपनि हामी एमालेमै रहन्छौं भनेर किटानी गरेका छन् ।

माओवादी छोडेर एमाले आएका नेताहरु निरास भन्ने खबरहरु विपक्षीको मसला मात्र भएको आफूहरुमा कुनै असन्तुष्टि नरहेको उनको भनाई छ ।

आज पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी सदस्यहरुसँग गरेको परामर्शमा उनले भने जस्तो परिस्थिती आएपनि हामी एमाले हो अब एमाले बाहेक अरु भन्ने बाहिर आएको हल्ला विपक्षीका मात्र हुन् ।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र व्यूँताइदिएपछि नेपाली राजनीति तरंगित बनेको थियो । त्यसपछि आएका अदालतका फैसलाबाटपनि नेपाली राजनीति निक्कै तरंगित छ ।

२०७७ फागुन २३ गतेको सवोच्चको फैसलापछि केही पूर्व माओवादी नेताहरुले एमालेमा बस्ने निर्णय गरे भने केहीले एमाले छाडेर माओवादीलाई रोजेका छन् ।

पूर्व माओवादीलाई रिझाउन प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सामेल समेत गराए । एमाले प्रवेश गरेका नेताहरुलाई माओवादीले कारवाही गर्दै सांसद पद खारेज भयो ।

२०७८ जेठ ६ गते सर्वोच्च अदालतले गैरसांसद सात मन्त्रीलाई पदमुक्त गर्ने आदेश दिए संगै माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साह, श्रममन्त्री गौरीशंकर चौधरी, खानेपानी मन्त्री मणि थापा र खेलकुद मन्त्री दावा लामा पदमुक्त भए ।

साथै ओलीले गठन गरेको एमालेको १० औं महाधिवेशन कमिटीले गरेका निर्णय सर्वोच्चले अमान्य हुने आदेश जारी गरेपछि एमालेमा प्रवेश गरेका नेताहरुको राजनीतिक भविश्य अन्यौलमा परेको टिप्पणी गर्न थालियो ।

सङ्कटपूर्ण समयमा माओवादीबाट एमाले प्रवेश गरेका नेताहरूको आगामी रणनीति के हुन्छ ? आम नागरिकको चासोको विषय बनेको छ ।

यही बेला मणी थापाले सबैलाई स्पष्ट हुन अनुरोध गरेका छन् । जे जस्ता परिस्थिती आएपनि हामी एमाले हो एमालेमा नै रहन्छौ । उनले भने ।

उनले बालुवाटारमा भने मन्त्री पदका लागि हामीले राजनीति गरेका होइनौँ । राजनीतिक रूपले अहिले म जुन ठाउँमा छु त्यो एउटा राजनीतिक सुझबुझ गरेर निर्णय गरेको हुनाले मन्त्री र सर्वोच्चको फैसलाले राजनीतिज्ञहरूलाई कुनै असर गर्दैन ।

प्रचण्ड कमरेडतिर जाने कुरा समाप्त भइसक्यो । हामी अहिले जो ठाउँमा छौं कमरेड केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टीमा हामी छौं ।

हामीले राजनीतिक सोधपुछ गरेर निर्णय गरेको हुनाले त्यही रहन्छौं । त्यहीँबाट हामीले राजनीतिक भूमीका निभाउँछौं ।यो नै हाम्रो राजनीतिक घर हो प्रधानमन्त्री ज्यू तपाई अघि बढ्नुहोस् । हामी तपाईका हरेक कदममा साथ दिन तयार छौ उनले भनेका छन् ।

 

सम्बन्धित खबरहरु