काठमाडौ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले दसौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आह्वान गरेपछि कोर्ष नयाँ दिशातर्फ अघि बढेको छ ।

त्यस बैठकले माधवकुमार नेपाल समूहको माग सम्बोधन गर्ने तयारी गरेपछि अहिले माधव समूहका अधिकांश नेता अब पार्टी फुटको सम्भावना टरेको निश्कर्षमा पुग्नुभएको छ ।

उहाँहरुले नेता नेपाल असहमत भएपनि अधिकांश नेताहरु भने सहमतिको विन्दुमा जाने बताइसक्नुभएको छ ।

त्यस बैठकले जेठ २ मा फर्कने आधार खडा गर्ने र एकताका लागि पुनः आह्वान गर्ने तयारी गरेको बुझेपछि नेपाल समूहका नेता योगेश भट्टराई अब फुटको सम्भावना टरेको दावी गर्नुभएको छ ।

उहाँले सात दिनभित्र पार्टी एकताको दिशामा अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।

उता एमालेभित्रको अध्यक्ष ओली समूहमै नेताहरुपनि नेता नेपाललाई दोस्रो अध्यक्ष दिएर भए पनि पार्टी एक राख्नुपर्ने आवाज उठाउन थाल्नुभएको छ ।

सचिव पृथ्वी सुब्बा गुरूङले त आइतबारको बैठकमै यो कुरा प्रवेश गराउनुभएको थियो ।

तर योगेश भट्टराईले अहिले ओलीसँग पदको ‘बार्गेनिङ’ गर्न नहुने मत राख्नुभएको छ ।

नेपाल स्वयम्ले पनि यस प्रस्तावप्रति रुचि नदेखाएका कारण यो कुरा उठाउनु नहुनेमा उहाँको धारणा छ ।

उहाँले एक अनलाईनलाई अन्र्तवार्ता दिँदै भन्नुभएको छ पुस ५ गते एउटा परिघटना भयो, प्रतिनिधिसभा विघटित हुन पुग्यो र फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई अलगअलग अस्तित्वमा फर्काइदियो, त्यो बेलाको परिस्थिति पार्टी विभाजनकै थियो ।

दुवैतिर विभाजनकै विचार बलशाली बन्दै आइरहेको थियो । सँगै बस्न सकिँदैन, आ–आफ्नो बाटो लाग्ने हो भन्ने विचार, दृष्टिकोण नै बलियो थियो ।

तर, त्यसबेला पनि दुवैतिर पार्टी एकतातिर नै फर्कनुपर्छ भन्ने विचार पनि नभएका होइनन् । तर, त्यो विचार सुषुप्त थियो, कमजोर हैसियतमा थियो ।

आज केपी ओलीतर्फ पनि विभाजनले ज्यादा क्षति पुर्‍याउँछ, एकतातिरै फर्किऊँ भन्ने मत प्रभावकारी ढङ्गले प्रस्तुत भइरहेको हामीले महसुस गरेका छौँ ।

तर, त्यसपछि परिस्थिति जुन ढङ्गबाट विकास हुँदै आयो, दुवै समूहमा विभाजनभन्दा एकतातिर अग्रसर हुनुपर्छ भन्ने मत थपिँदै गयो । विचार बलियो हुँदै गयो ।

आज केपी ओलीतर्फ पनि विभाजनले ज्यादा क्षति पुर्‍याउँछ, एकतातिरै फर्किऊँ भन्ने मत प्रभावकारी ढङ्गले प्रस्तुत भइरहेको हामीले महसुस गरेका छौँ । माधवकुमार नेपालको पक्षमा पनि विभाजनभन्दा एकतातिरै फर्कनुपर्छ भन्ने मत प्रभावकारी ढङ्गले अघि बढिराखेको छ ।

यसको ठोस उपलब्धी के भएको छ भन्दा, स्वयम् माधव नेपाल र केपी ओलीका बीचमा पनि भौतिक उपस्थितिमा छलफल भयो र एकता नै हाम्रो प्रधान र यतिबेलाको मुख्य कार्यभार हो, त्यसो हुँदा हामीचाहिँ एकताको पक्षमा फर्कनुपर्छ भन्ने दुवैलाई लाग्यो ।

यसबीचमा दुवैको सहमति, उपस्थितिमा दस सदस्यीय कार्यदल बन्यो । त्यो कार्यदलले औपचारिक, अनौपचारिक ढङ्गले एकता समस्या के हुन् ? गाँठो कसरी फुकाउने भनेर छलफल गरिरहेको छ । पछिल्लो दिनमा मूर्त उपलब्धीको दिशामा छ । यद्यपि परिणाममा नपु¥याउँदासम्म यसै भन्न सकिन्न ।

आजको दिनमा एमालेका दुवै समूहमा एकतातिर प्रवृत्त हुनुपर्छ भन्ने चिन्तन हाबी भएकाले विभाजनको परिस्थिति टर्दै गएको र एकताको वातावरण बन्दै गएको महसुस मैले गरेको छु ।

उहाँले अब टेक अफ् गर्दा हामी जेठ ३ गतेमा जान्छौँ । अथवा यसो भनौँ, हामी जेठ २ गतेबाट प्रविष्ट हुन्छौँ, जेठ ३ गतेबाट निस्कन्छौँ । अहिलेको हल यही हो । भन्दै माधव नेपाल नआएपनि उक्त समूहका धेरै नेताहरु पार्टी एक ढिक्का हुनेमा समाहित हुने स्पष्ट पार्नुभएको छ ।

अन्र्तवार्ताको बीचमा उहाँले ओलीले राखेको प्रस्ताव र गरेका प्रयासका बाबजुदपनि माधव नेपालले एकतातर्फ नजाने भएको खण्डमा धेरैले छोडेर एक्ल्याउने संकेत गर्नुभएको छ ।

 

सम्बन्धित खबरहरु