protest-on-ca-16संविधान सभा बैठक छैटौ पटक पनि अवरुद्ध भएको छ । विपक्षि सभासदहरुले आजपनि बहुमतीय प्रक्रियामा जान पाइदैन भन्दै विरोधसँगै नारावाजि गरिरहेका छन् ।

संविधान सभाको गतिरोध हटाउने विषयमा दलहरुबीच सहमति नजुट्दा पुनः अर्को तमासा जारी छ ।

प्रक्रियामा जान प्रश्नावली समिति गठन प्रस्ताव पेश गर्न उठ्नै खोज्दा नेपाली कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठलाई विपक्षी सभासदहरुले पक्रेर राखेका थिए । सभासद्हरुले आजपनि पूर्ववत् नारा, नियम मिच्न पाईँदैन, विगतको सम्झौता लागु गर जस्ता नाराबाजी लगाइरहेका छन् ।

बैठक आगामी माघ ११ गते सभाध्यक्षे प्रस्तावक सुभाषचन्द्र नेम्वाङ बनेर गर्ने भनी बैठक स्थगन गरिएको छ ।

सम्बन्धित खबरहरु