काठमाडौ । नवलपुरको गैंडाकोट नगरपालिकाको झपर्दीका जयश्वर सापकोटाकी २१ वर्षीया छोरी विना सापकोटा असार १४ गतेदेखि हराइरहेकी छिन् ।

उनी हराएपछि अहिले परिवार ठूलो समस्यामा परेको छ ।

विनाको स्थानिय युवक प्रवेश कँडेलसंग प्रेम रहेको खुलेको छ । उनी बेलायतबाट नेपाल आएका थिए ।

उनीहरुको परिवार प्रेममा राजी नै थिए । केही समय पछि विवाह गरिदिने योजना समेत थियो ।

तर अचानक विना हराइन् । विना हराएपछि प्रवेशलाई प्रहरीले पक्राउ गरेको छ । प्रवेश केही समय अघि मात्र बेलायतबा आएका थिए ।

१४ गते दिउसो १ वजे छोरा प्रवेश वाहिर निस्केका थिए तर भोलीपल्ट प्रहरीले फोन गरेपछि मात्र आफुले घटनावारे थाहा पाएको उनका बाबुले बताए ।

उनले आफ्नो छोराले गल्ती गरेको छ भने सजाय दिन पनि आग्रह गरेका छन् ।

असार १४ गते साँझ उनलाई ५ वर्षदेखि प्रेम सम्बन्धमा रहेका युवक प्रवेश कँडेलले आफ्नो घर लैजाने भन्दै विनाकै घरबाट स्कुटरमा राखेर बाबु आमाको सल्लाहमा नै निस्किएका थिए ।

त्यसपछि उनी हराइन् भनेर प्रवेशले नै विनाको वुवालाई फोन गरेका थिए ।

वैशाखको १७ गते प्रवेशको दाईको विवाह भएका कारण उनी नेपाल आएका थिए ।

 

सम्बन्धित खबरहरु