lp gasकाठमाडौं । आईतबारबाट सरकार आफैंले खाना पकाउने ग्यास विक्री वितरण गर्ने भएको छ । काठमाडौका उपभोक्तालाई लक्षित गर्दै आइतबारदेखि नेशनल ट्रेडिङमार्फत ग्यास विक्री वितरण गर्न लागिएको हो ।

बजारमा ग्यासको आपूर्ति सहज नभएको गुनासो आएपछि आइतबार दिउँसोदेखि ट्रेडिङको प्राङ्गण टेकुबाट विभिन्न कम्पनीको ग्यास विक्री हुने नेपाल आयल निगमले जनाएको छ ।

विभिन्न २४ ग्यास उद्योगबाट उत्पादित ग्यास विक्री गर्ने निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टले जानकारी दिए । उनका अनुसार ट्रेडिङबाट पुराना सिलिण्डर भएकालाई मात्र ग्यास वितरण गरिनेछ ।

यस्तो व्यवस्था ग्यासको अभाव नहट्दा सम्म रहिरहने र २–४ दिनभित्रै ग्यासको सहज आपूर्ति भईसक्ने निगमको विश्वास छ ।

यसैबीच निगमले ग्यासको आयात पनि बढाउन थालेको छ । अघिल्ला महिनाहरुमा झण्डै ७ सय २० मेट्रिक टन आयात गर्दै आएको निगमले अहिले मासिक १२ सय ६० मेट्रिक टन ग्यास आयात गर्दै आएको नेपाल आयल निगमले जनाएको छ ।

सम्बन्धित खबरहरु