गत आवको दोश्रो त्रैमाशको तुलनामा चालु आवको यो अवधिमा सिभिल बैंकको नाफा ५.२ गुणा अर्थात् ४२० प्रतिशतले बढेको छ ।

गत आवको दोश्रो त्रैमासमा तीन करोड ३९ लाख नाफा कमाएको बैंकले चालु आवको यो अवधिमा भने १७ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको खुद व्याज आम्दानी वृद्धि भएपछि नाफा बढेको हो ।

बैंकको खुद व्याज आम्दानी पनि ७८ प्रतिशतले बढेर ४२ करोड ३५ लाख पुगेको छ । बैंकले बैदेशिक बिनिमयबाट तीन करोड १२ लाख, फि कमिसनबाट दुई करोड ९४ लाख र अन्य आम्दानी तीन करोड २१ लाख गरेको छ ।

बैंकसंग ५४ करोड ६३ लाख रुपैयाँ सञ्चित रहेको बैंकले जनाएको छ ।
बैंकको कुल सञ्चालन नाफा भने ४२० प्रतिशतले बढेर २७ करोड ८१ लाख भएको छ ।बैंकको यो अवधिमा कर्जा लगानी ३८ प्रतिशतले बढेर २१ अर्ब १० करोड रुपैयाँ रहेको छ । बैंकले रियल इस्टेट कर्जा १५ प्रतिशतले घटाएर एक अर्ब ५२ करोड रुपैयामा सिमित पारेको छ

सम्बन्धित खबरहरु