काठमाडौं । विवाह आफैमा एक महत्वपूर्ण प्रक्रिया हो । मानिसहरु विवाह/बन्धनलाई विशेष रुपमा लिने गर्दछन् । विवाहका अनेक प्रकारहरु रहेका छन् ।

विवाहलाई नेपाली समाजले मागी विवाह, भागी विवाह, चोरी विवाह, जारी विवाह, प्रेम विवाह आदि नाम दिने गरेको पाइन्छ ।

परम्परागतरूपमा मागी विवाहको सर्वव्यापकता थियो । कतिपय जातजातिहरूमा चोरी विवाह र मागी विवाह पनि प्रचलित थिए ।

[caption id="" align="alignnone" width="950"] प्रतिकात्मक तस्विर[/caption]

हाल सबै शिक्षित समाजमा प्रेम विवाह फस्टाउँदै गएको छ । एक प्रकारले यो मान्य भइसकेको छ । जारी विवाहको प्रचलन हराउँदै गएको छ । गाउँघरमा दुई–चारजना गएर सामान्य किसिमले विवाह सम्पन्न गरी केटी लिएर आउने विवाहलाई कुम्ले विवाह र निकै ठूलो तयारी गरी बाजा र जन्ती लिएर गई केटी लिएर आउने विवाहलाई वरियाती भन्ने चलन छ ।

अहिले सामाजिक सञ्जालको माध्यमबाट एक अर्कालाई चिनेर विवहसम्म पुगेका धेरै उदाहारण छन् । विवाहसम्बन्धी विभिन्न एजेन्सीहरु पनि खुलेका छन् ।

अहिलेको व्यस्त समयबीच धेरैलाई विवाहका लागि समय मिल्दैन् । अहिले खुलेका एजेन्सीहरुले लमीको काम गर्छन् । यस्तै पत्रपत्रिकामा विज्ञापन गरेर पनि विवाह गर्ने गरिएको छ ।

सामान्यतः कान्तिपुर दैनिकमा विवाहसम्बन्धी सूचनाहरु हरेकदिन प्रकाशित भइरहेका हुन्छन् । आजको कान्तिपुर दैनिकमा विवाहसँग सम्बन्धीत दुईवटा सूचनाहरु प्रकाशित भएका छन् ।

४० वर्षीया डिर्भोस महिलालाई बर चाहिएको हुँदा इच्छुक व्यक्तिहरुले ९८११८२७९२९ मा सम्पर्क गर्न सक्नुहुन्छ । २५ देखि ३९ वर्षका क्यानडा / जर्मन / अष्ट्रेलिया / अमेरिकामा बरबधु चाहिएमा ९८०८४७५७१४ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबरहरु