काठमाडौ । नेपाल विद्युत प्राधिकरणले ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।

शुक्रबार एक सूचना जारी गर्दै प्राधिकरणले बिभिन्न पदमा विज्ञापन माग गरेको हो ।

लोक सेवा आयोगद्वारा लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । विज्ञापनमा भनिएको छ ।

नेपाल विद्युत प्राधिकरण प्रधान कार्यालय, काठमाडौं खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्ने सम्बन्धी सूचना (प्रकाशित मितिः २०७८/०५/१८ गते)

नेपाल विद्युत प्राधिकरणको देहायबमोजिमका पदहरु लोक सेवा आयोगद्वारा लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले तपसीलमा उल्लेखित योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट रितपुर्वकको दरखास्त आव्हान गरिएको छ ।

तोकिएको न्युनतम योग्यता पुगेका उमेद्वारहरुले ने.वि.प्रा. को वेभसाइट www.nea.org.np मा गई online application मार्फत्आवेदन दिनुपर्नेछ ।

सम्बन्धित खबरहरु