काठमाडौं । दाङमा एक डरलाग्दो घटना देखिएको छ । बल्छीमा परेको ‘माछो टोक्दा’ अर्धचेत भएका एक व्यक्तिको मृत्यु भएको हो ।

शनिबार दाङमा एउटा अनौठो घटना भयो, एक जना व्यक्तिले बल्छी लगाएर तानेको माछो टोक्दा अर्धचेत भएका व्यक्तिको केहीबेरमै मृत्यु भएको हो ।

लमही नगरपालिका–१ सुनडबरीका ४९ वर्षीय खिमबहादुर घर्ती स्थानीय खोलामा बल्छी लगाएर तानेको अढैया जातको माछाले टोकेलगत्तै अर्धचेत भएका थिए ।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेलेका अनुसार श्रीमतीसँगै स्थानीय कुलोमा बल्छी लगाएर माछा मार्न गएका घर्तीको जालमा सर्पजस्तै लामो अढैया जातको माछा परेको थियो ।

माछा फटफटाइरहेपछि घर्तीले मार्नलाई आफ्नै मुखले त्यसको टाउको टोकेका हुन् ।

त्यसपछि अर्धचेत भएका उनलाई दौडाएर अस्पताल ल्याइएको थियो । तर चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरेका हुन् ।

एसपी काफ्लेका अनुसार झन्डै शनिबार दिउँसो २स्४५ बजेतिर घर्तीको बल्छीमा सर्पजस्तै देखिने झन्डै एक हात लामो अढैया जातको माछा परेको थियो ।

त्यसको टाउको मुखले टोकेको ३–४ मिनेटपछि घर्ती अर्धचेत भएका थिए । श्रीमतीले गाउँलेलाई गुहारेर श्रीमानलाई साढे ३ बजेतिर लमही अस्पताल पुर्‍याउना साथ चिकित्कसले मृत घोषणा गरेको जानकारी दिइएको छ ।

अनौठो घटना घटेको भए पनि पोष्ट मार्टम रिपोर्ट नआउँदासम्म घर्तीको मृत्यु के कारणले भयो भन्न सक्ने अवस्था नरहेको प्रहरी बताउँछ ।

झन्डै एक हात लामो माछा पनि अस्पतालमै राखिएको छ । एकाएक घर्तीलाई हृदयघात भएको हुन सक्ने शंका गरिएको छ ।

सम्बन्धित खबरहरु