काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । बुधबार बैठक शुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले उठेर विरोध गरेपछि मुख्य कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको हो ।

बैठकको तेस्रो कार्यसूचीमा रहेको संविधान सभा सदस्य मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक असोज ५ गतेसम्मका लागि स्थगित भएको छ ।

आजको राष्ट्रिय सभा बैठकको कार्यसूची अनुसार विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘अध्यागमन विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेश गर्नुहुने थियो ।

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, अभिलेख संरक्ष (पहिलो संशोधन) विधेयक र सुरक्षा मुद्रण सम्बन्धी विधेयकलाई दफावार छलफलका लागि विधेयन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने थियो ।

सम्बन्धित खबरहरु