काठमाडौं । सरकारले राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेश खारेज गरेसँगै मन्त्रिपरिषद् विस्तारको चर्चा सुरु भएको छ ।

यो बीचमा सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) ले पनि विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने बताएको हो ।

सरकारले अध्यादेश खारेज गरेसँगै पार्टीले सरकारमा सहभागी हुने नेताहरुको नाम पनि टुङ्गो लगाएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अध्यादेश खारेज गरेको थियो ।

एकीकृत समाजवादीका एक नेताका अनुसार समाजवादीले सात मन्त्री पाउनुपर्ने दाबी गरेको थियो । तर, गठबन्धनमा भागबण्डा मिलाउँदा एक राज्यमन्त्रीसहित ६ मन्त्री मात्र पाउने तय भएको छ ।

जसअनुसार अध्यक्ष माधवकुमार नेपालले पार्टीका तर्फबाट मन्त्री बन्ने ६ जनाको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउनुभयो । अध्यक्ष नेपालले सांसदहरु विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ र भवानी खापुङको नाम दिनु भएको छ ।

त्यस्तै किसानकुमार श्रेष्ठलाई पनि मिलाएर राख्नुपर्ने नेता नेपालको माग छ ।

एकीकृत समाजवादीलाई सात मन्त्री दिएपछि उपेन्द्र यादव नेतृत्वको जसपालाई पनि सातै मन्त्री दिनुपर्ने भएकाले प्रधानमन्त्री देउवाले तत्काल नेपाललाई सात मन्त्री दिन नसक्ने जवाफ फर्काउनु भएको छ ।

 

सम्बन्धित खबरहरु