काठमाडौं । नेपालीहरुको महान पर्व दशैं, तिहार र छठपर्वको अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई चाडवर्प अफर ल्याएको छ ।

उक्त अफरअन्तर्गत अब एनटिसि सिम प्रयोगकर्ताले आजदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिजार्च गर्दा बोनस प्राप्त गर्न सक्नेछन ।

उक्त अफरहरु दशैंका अवसरमा असोज १९ गतेदेखि कात्तिक २ गतेसम्म उपलब्ध हुनेछ भने तिहार, छठ र न्हुँदयाको अवसरमा कात्तिक १६ गतेदेखि कात्तिक २४ गतेसम्म लागू हुनेछ ।

नेपाल टेलिकमका सिम प्रयोगकर्ताले उक्त अफरको डाटा प्याक अन्तर्गत २९४ रुपैयाँमा २० जीबी डाटा १० दिनका लागि र ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिनका लागि प्राप्त गर्नेछन् । साथै १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबिपिएसको गतिको अनलिमिटेडट डाटा ६९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, भ्वाइस सेवा अन्तर्गत २५ रुपैयाँमा १ दिनका लागि ४५ मिनेटको प्याक, ३ दिन प्रयोग गर्न सकिने ८० मिनेटको प्याक ४० रुपैयाँमा र ३५ दिनसम्म प्रयोग गर्न सकिने १ हजार ३ सय मिनेटको प्याक ५०० रुपैयाँमा उपलब्ध हुनेछ ।

साथै यसका अलवा अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिर्चाज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध हुनेछ । साथै २०० देखि ४९९ सम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबि र ५०० रुपैयाँभन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १०२४ एमबि टाडा पाउनेछ ।

नेपाल टेलिकमले चाडपर्वको अवसरमा ल्याएको उक्त अफर प्राप्त गर्न सिम प्रयोगकर्ताले *1415# डायल गर्नुपर्नेछ ।

सम्बन्धित खबरहरु