काठमाडौ । रुपन्देही, कोटहिमाई गाउँपालिका-६ फुलवरीयास्थित खेतमा हाल नाम, थर, वतन नखुलेकी २७ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छन् ।

झापा, अर्जुनधारा नगरपालिका-६ स्थित महानन्द चोकमा बंगुर फ्रेस हाउस संचालन गरी बस्ने सोही नगरपालिका-६ कप्तानबारी घर भएका ५० वर्षीय ईन्द्र मगर सोही फ्रेस हाउसभित्र आइतबार मृत अवस्थामा फेला परेका छन् ।

धनुषा, कमला नगरपालिका-३ पर्सा टोल बस्ने ५५ वर्षीय नागे साह सुडी सोही नगरपालिका-३ लग्मा नहरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

डडेल्धुरा, पर्शुराम नगरपालिका-५ परीगाउँ बस्ने १९ वर्षीय पदम नाथ सोही नगरपालिका-३ सिमल्टा खेतस्थित महाकाली नदी किनारामा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

दाङ राप्ती गाउँपालिका-१ स्थित आँपखोली बस्ने ३७ वर्षीया देबी गुरुङ आफ्नै घरको कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

दाङ गढवा गाउँपालिका-७ चन्दनपुर बस्ने रुपलाल नेपालीको छोरा ४ वर्षीय स्वरुप नेपालीको आफ्नै घरदेखि करिब ५ सय मिटर टाढा गुरुङ खोलामा डुबेर मृत भएको छ । उक्त खोलामा खेल्ने क्रममा डुबेर बेहोस भएका उनको उपचारको लागि लमही अस्पतातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु