काठमाडौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीश र गठबन्धनका शीर्ष नेताले जनतालाई स्पष्टीकरण दिनुपर्ने बताउनुभएको छ ।

उद्योग वाणिज्य मन्त्री गजेन्द्र हमालले पदबाट राजीनामा दिए पनि जनतालाई यर्थाथ कुरा बताउनुपर्ने सिंहको भनाई छ ।

उहाँले सरकार, सत्तारुढ दलभित्रका गठबन्धनका नेता र स्वयम् प्रधानन्यायाधीशले पनि हमालको विषयमा स्पष्टिकरण दिनुपर्ने बताउनुभएको हो ।

बुटबल पुगेर एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शेरबहादुर देउवाले गरेको गल्तिको स्पष्टीकरण नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिनुपरेको धारणा राख्नुभयो ।

‘गल्ती सरकार विस्तारमा भयो अनि जवाफ चाहिँ हामीले दिनुपर्ने,’ उहाँले भन्नुभयो, ‘प्रचण्ड जी ले कांग्रेसले हो भनेर स्पष्टीकरण दिनुपरेको छ, जनताले पत्याउनु पर्‍यो नी। यो विषयमा प्रधानन्यायाधीश पनि विवादमा तानिएकाले स्पष्टिकरण दिनुपर्छ।’

नेता सिंहले प्रधानमन्त्री देउवालाइ आफू प्रम हुँदा घटाएको आइजिपी काण्ड र सर्वोच्च अदालतका न्याायधीश सुशिल कार्कीलाई महाअभियोग लगाउँदा कांग्रेसले भोग्नु परेको नतिजा सम्झन पनि अनुरोध गर्नुभयो ।

कांग्रेसँग २५ प्रतिशत सांसद नहुँदा पनि तत्कालीन प्रम केपी ओलीको विशेष निगाहले कांग्रेसले सत्ताको नेतृत्व गर्न पाएको उहाँको भनाइ थियो।

फरक प्रसंगमा उहाँले मोतिपुर घटनाको यर्थाथ सार्वजनिक गर्न माग गर्नुभयो । प्रहरीको हतियारबाट ४ जनाको ज्यान जानु दुःखद भन्दै उहाँले सरकारले मानव सुरक्षा गर्न नसकेको आरोप लगाउनुभयो ।

 

सम्बन्धित खबरहरु