काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले गरेको संसद विघटनको बचाउ गर्नुभएको छ । उहाँले अहिलेको संसद असफल भएको भन्दै आफ्नो निर्णयको बचाउ गर्नुभएको हो ।

मंगलबार नेकपा एमालेको पालिका अधिवेशनको भर्चुअल उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभयो । उहाँका अनुसार सभामुख अग्नि सापकोटाको कारण संसद असफल भइरहेको छ ।

सभामुख सापकोटाले आफूले भन्दा दुई मिनेट नफर्की संसद स्थगित गर्ने गरेको आरोप लगाउनुभयो । उहाँले देशको ठूलो पार्टीले असन्तुष्टि विरोध जनाइरहेको बताउनुभयो ।

अध्यक्ष ओलीका अनुसार नेकपा एमाले अहिले बेल घेरिरहेको छ । तर पनि सभामुखले कार्यक्रम चलाइरहनुहुन्छ । संसद चल्ने अवस्थामा नरहेको अध्यक्ष ओलीले तर्क गर्नुभयो ।

आफूहरुले ल्याएको जनताको हित गर्ने बजेट संसदले फेरबदल गरिएकोप्रति उहाँले आपत्ति जनाउनुभयो । नागरिकता विधेयक तीन वर्षदेखि संसदमा रोकिएको तर नेपाली नागरिकको सन्तानले नागरिकता नपाउने अवस्था रहेको पनि उहाँको बुझाई रहेको छ ।

 

सम्बन्धित खबरहरु