काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदी छिट्टै नेपाल भ्रमणमा आउने जानकारी दिनुभएको छ ।

ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी पक्ष मुलुकहरूको २६ औं सम्मेलन (कोप–२६) मा सहभागी भएर फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले मोदीले नै आफू नेपाल आउने इच्छा व्यक्त गरेको बताउनुभयो ।

हामी एक अर्काले भ्रमणका लागि निम्ता दियौँ । मोदी आफैले म पहिले नेपाल आउछु भन्नुभयो, अब उहाँ चाँडै नेपाल आउनुहुनेछ देउवाले भन्नुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘मैले उहाँलाई नेपाल आउनुस् भनेँ । तपाईंलाई नेपालमा स्वागत छ भनेँ ।

तपाईं पशुपति जानुहुन्छ मुक्तिनाथ जानुहुन्छ, धार्मिक भ्रमण हुन्छ भनेँ । उहाँ नेपाल आउन तयार छु भन्नुभयो । उहाँले पनि मलाई भारत भ्रमणको निम्तो दिनुभयो ।’

त्यस्तै फरक प्रसंगमा प्रधानमन्त्री देउवाले गठबन्धन पूरै समय टिक्ने पनि बताउनुभएको थियो । एमसीसीपनि चाँडै पास हुने उहाँले जानकारी दिनुभयो । उहाँले न्यायालयमा देखिएको विषयबारे भने बोल्न चाहानुभएन ।

 

सम्बन्धित खबरहरु