काठमाडौँ । बेलायतले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध पहिलो खाने चक्कीलाई अनुमति दिएको छ ।

अमेरिकी कम्पनीहरू मर्क, शार्प एन्ड डोम र रिजब्याक बायोथेराप्यूटिक्सले संयुक्त रूपमा बनाएको खाने औषधिलाई बेलायतले प्रयोगको अनुमति दिएको हो ।

बेलायतको औषधि नियामक मेडिसिन एण्ड हेल्थकेयर प्राधिकरण (एमएचआरए) मोल्न्यूपिरभीर नाम गरेको यस खाने चक्कीलाई प्रयोगको अनुमति दिएको छ । यस चक्कीलाई कोरोना सङ्क्रमण भएको पाँच दिन भित्र खान सकिने बताइएको छ ।

यस चक्कीलाई कोरोनाविरुद्ध विश्वमै खाने पहिलो औषधी भएको बताइएको छ, जसले प्रयोगको अनुमति पाएको छ । मोल्न्यूपिरभीरको क्लिनिकल ट्रायलको नतिजा अनुसार कोरोना सङ्क्रमितको मृत्युको सम्भावनालाई आधा कम गर्ने बताइएको छ ।

बेलायतमा यस औषधिलाई लागेवरियो नाम दिइएको छ भने अहिले कोरोना सङ्क्रमण बढिरहेका बेला यसको प्रयोग प्रभावकारी हुने बताइएको छ ।

शुरूमा रुघाखोकीको उपचारका लागि विकास गरिएको उक्त चक्कीले अस्पताल भर्ना हुनुपर्ने अथवा मृत्यु हुने जोखिमलाई आधाले घटाइदिएको क्लिनिकल परीक्षणहरूबाट देखिएको छ ।

 

सम्बन्धित खबरहरु