काठमाडौं । शुक्रबार साँझ मसाल जुलुस निकालिएको छ । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले शुक्रबार साँझ मसाल जुलुस निकालेको हो ।

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै अनेरास्ववियूले मसाल जुलुस निकालेको हो । अनेरास्ववियूले निरन्तर रुपमा भइरहेको मूल्य वृद्धिलाई अत्याचारको पराकाष्ठ भनेको छ ।

सरकारले जनविरोधी कदम उठाएको उनीहरुको ठहर रहेको छ । अनेरास्ववियू घोर भत्सना गर्दै श्रृंखलाबद्ध रुपमा भइरहेको मूल्य वृद्धि तत्काल खारेज गर्न जोडदार माग पनि गरेको छ ।

तपाईंलाई जानकारी गराउ कि नेपाल आयल निगमले बुधबार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको थियो । अर्कोतिर खाना पकाउने एलपी ग्याँसमा प्रतिसिलिण्डर ७५ रुपैयाँले मूल्य बढाएको छ ।

सम्बन्धित खबरहरु