काठमाडौं । सर्लाहीको ईश्वरपुर वडा नं. ११ मा सेवाग्राहीसँग घुसलिने दुई जना वडा सदस्य रङ्गे हात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले ईश्वरपुर नगरपालिका– ११, बेलाका वडा सदस्यद्वय सोनेलाल साह र उमेश रायलाई सेवाग्राहीसँग घुस लिँदालिदै पक्राउ गरेको हो ।

ढलानसम्वन्धी काम सम्पन्न पश्चात उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफारिस गरिदिएबापत सेवाग्राहीसँग लिएको एक लाख ५० हजार रुपियाँसहित वडा सदस्य साह र रायलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

वडा सदस्य सोनेलाल साहले लालबन्दी नगरपालिका– ७, स्थित लालबन्दी बजारमा सञ्चालन गरेको कृष्ण इन्टरप्राइजेजबाट उनीहरुलाई घुस रकमसहित अख्तियार टोलीले पक्राउ गरेको हो ।

ईश्वरपुर नगरपालिका– ११, बेला भलुवाहीमा २५ लाख बजेटबाट सडक ढलान कार्य सम्पन्न भएको छ ।

उक्त सडक ढलान गर्ने उपभोक्ता समितिसँग घुस लिँदैगर्र्दा वडा सदस्य साह र राय पक्राउ परेका हुन् ।

सम्बन्धित खबरहरु