काठमाडौं । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा थप दुई संक्रमतिको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत दुई जनाको शनिबार राति र र आइतबार विहानमा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले दिएको जानकारी अनुसार मङ्सिर ३० गते अस्पताल भर्ना भएका बाँके बैजनाथ ५ का ६८ वर्षीय पुरुषको राति ११ बजे मृत्यु भएको थियो भने मङ्सिर २५ गते अस्पताल भर्ना भएका गढवा ७ दाङकी ४९ वर्षीया महिलाको आइतबार विहान ३ बजे मृत्य भएको हो ।

यसअघि शनिबार विहान तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ दाङका ३५ वर्षीय पुरुषको पनि भेरी अस्पतालमै उपचारका क्रममा मृत्यु भएको थियो ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले यो सँगै कोरोनाबाट संक्रमति भएर बाहिरी जिल्लाबाट बाँकेका अस्पतालमा उपचार गराउन आएका मध्ये मृत्यु हुनेको संख्या ४३३ पुगेको र मृत्यु हुने बाँके जिल्लाका स्थानीय वासिन्दाको संख्या ३४१ पुगेको बताउनुभयो ।

सम्बन्धित खबरहरु