काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटीको बैठक हिजो मंगलबारसाँझ तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा सम्पन्न भयो । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि अध्यक्ष मण्डल र माइन्यूट कमिटी गठन गरेको छ ।

११ सदस्यीय अध्यक्ष मण्डलमा केपी शर्मा ओली, उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, महासचिव ईश्वर पोखरेल, स्थायी कमिटी सदस्यहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, छबिलाल विश्वकर्मा र केन्द्रीय सदस्य लालवावु पण्डित र गोमा देवकोटा रहनुभएको छ ।

त्यस्तै, बैठकले सात सदस्यीय माईन्यूट कमिटी गठन गरेको छ । सो कमिटीमा सचिव पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सदस्यहरु सूर्य थापा, बिष्णु रिजाल, मनोज थापा, ठाकुर गैरे, गोविन्द नेपाली र ज्वालाकुमारी साह रहनुभएको छ । बैठकले मनोनित गरिने पाँच प्रतिशत प्रतिनिधिको पनि टुंगो लगाएको पार्टी सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताउनुभयो ।

सम्बन्धित खबरहरु