काठमाडौं । कैलाली जिल्लाको भजनी नगरपालिका ३ भ्यूटावर स्थित सीमा ईलाकाबाट मंसीर ९ गते सशस्त्र प्रहरीले ३ ग्राम ब्राउन सुगर र ४ वटा नाईट्रोभेट ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको बर्दगोरीया गाउँपालिका १ बस्ने १८ बर्षिय साहील ठाकुर र सुर्खेत जिल्लाको चौकुने गाउँपालिका ४ विजौरा बस्ने १८ बर्षिय रमेश बुढाक्षेत्री छन् ।

लु ८१ प ५००३ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कुसुमघाटबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला पारेको हो ।

त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बनैनियाबाट खटिएको सशस्त्र प्रहरीले मंसीर ९ गते विभिन्न किसिमका लागूऔषधहित सप्तरी जिल्लाको राजगढ गाउँपालिका २ बनैनियास्थित सीमा ईलाकाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही गाउँपालिका ४ बेल्ही चपेना बस्ने २० बर्षिय सुरज कुमार मण्डल छन् ।

उनलाई गस्तीमा खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा निट्राभेट ९ वटा, स्पास्मो प्रोक्सिभन १ वटा र डाईलेक्स डिसी १ बोतल फेला पारेको हो । पक्राउ परेका मण्डललाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

सम्बन्धित खबरहरु