चितवन । नेकपा एमालेको महाधिवेशनअन्तरगत अन्ततः नेता, कार्यकर्ता विभाजित भएका छन् ।

तर पूर्व वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष र अध्यक्ष केपी शर्मा ओली पक्ष भने देखिएन ।

यसैले अब एमालेमा माधव पक्ष भन्ने नामोनिशान मेटिएको छ । तर उपाध्यक्ष डा. भीम रावल र ओली पक्ष भन्ने देखिएको छ ।

नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा कसलाई भोट होल्ने, कसलाई नहाल्ने भन्ने सूची बाहिरिएसँगै अब विगतको माधवपक्षहरुपनि ओली समूहमा नै विलिन भएका छन् ।

सूचीमा अस्ति राति केपी शर्मा ओलीले घोषणा गरेका पदाधिकारी एवम् सदस्यलाई भोट हाल्ने, त्यसबाहेकका उम्मेदवारलाई नहाल्ने उल्लेख छ । यसमा रावलको कित्तामा उभिएका केही संख्या मात्र छन् ।

अध्यक्षका उम्मेदवार केपी शर्मा ओली पक्षधरले सूची बनाएर प्रतिनिधिलाई बाँडेका हुन् । चुनावमा यसरी कुनै सूची बनाएर बाँड्न नपाइने भनिएको थियो ।

अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्यम भुसाल र सचिवमा टंक कार्की र भीम आचार्यलाई भोट नहाल्न भनिएको छ ।

त्यस्तै सदस्यहरुमा पनि भोट नहोल्नेलाई चिह्न लगाएको चिर्कटो बाँडिएको छ ।

भीम रावलको आपत्ति

यसरी पर्चा बाँडेकोप्रति अध्यक्षका उम्मेदवार भीम रावलले आपत्ति जनाउनुभएको छ । उहाँले यसरी सूची बनाएर पर्चा बाँड्नु ‘पराजित मानसिकताको उपज’ भएको प्रतिक्रिया दिनुभयो ।

निर्वाचन आचारसंहिताविपरीत पर्चा बाडिएको भन्दै उहाँले आपत्ति जनाउनुभएको छ ।

हेर्नुहोस्, प्रतिनिधिलाई बाँडिएको सूची

सम्बन्धित खबरहरु