काठमाडौं । भन्छन्, प्रेम अन्धो हुन्छ । मायाको नदीमा डुब्दा मानिसहरु त्यसको गहिराइको वास्ता गर्दैन ।

भनिन्छ, मायाको कुनै सिमा र उमेर हुदैन । जात, धर्म, धनि, गरिब सबै बिर्सेर मानिसहरु मायामा मात्र पर्छन् ।

यस्तै एक रोचक प्रेम भारतमा देखा परेको छ । भारत, पश्चिम बङ्गालको हावडाबाट एउटा यस्तो घटना बाहिर आएको छ, जुन सुनेर तपाई छक्क पर्नुहुनेछ ।

घरमा आएका दुई जना मिस्त्रीसँग दुई महिलाको प्रेम महंगो पर्न गएको हो । सो घरका दुई महिलासँग मिस्त्रीहरुको प्रेम यति बढ्यो कि उनीहरु भागेका छन् ।

पश्चिम बङ्गालको यो घटना सुन्दा मिस्त्रीको मायामा परेका घरका महिलाहरु देखेर सबै चकित छन् ।

वास्तवमा, स्थानीय सञ्चारमाध्यमहरुका अनुसार हावडाको निश्चिन्दा प्रहरी चौकी क्षेत्रका दुई राजमिस्त्री मर्मतको कामको लागि एउटा घर पुगेका थिए । त्यहाँ काम गर्दागर्दै घरका दुई बुहारीसँग उनीहरुको कुरा हुन थाल्यो ।

कुराकानी बिस्तारै मित्रतामा परिणत भयो । उनीहरुको मित्रता बढेर प्रेममा परिणत भयो । उनीहरुको प्रेम यतिसम्म बढ्यो कि उनीहरु मिस्त्रीसँगै भाग्न पनि तयार भएका हुन् ।

उनीहरु भागेर घरबाट मुम्बई आइपुगेका छन् । अब जेठी र कान्छी बुहारी घरबाट भागेपछि प्रकरण प्रहरीमा पुगेको छ । परिवारका सदस्यले प्रहरीमा जाहेरी दिएपछि सबै घटना बाहिर आएको हो ।

जानकारी अनुसार उनीहरुलाई पहिले मुर्शिदाबादस्थित मिस्त्रीको घरमा लगियो, त्यसको एक दिनपछि मुम्बई प्रस्थान गरेका हुन् । प्रहरीले मुद्दा दर्ता गर्दै दुवै महिलाको खोजी सुरु गरेको छ ।

प्रहरीबाट प्राप्त जानकारी अनुसार घरकी जेठी बुहारीको कल विवरण चेक गर्दा सबै कुरा खुलेको हो ।

प्रहरीले तत्कालै राजकुमारको घरमा छापा मार्यो तर कोही भेटिएनन् । दुवै राजमित्र घरका दुई बुहारीसहित फरार छन् । स्थानीय प्रहरीले ती व्यक्तिहरुको वास्तविक स्थान पत्ता लगाउने प्रयास गरिरहेको छ ।

अहिले प्रहरीले विशेष टोली बनाएर उनीहरुलाई खोज्न मुम्बई पठाउने तयारी गरिरहेको छ ।

सोही क्रममा घरकी जेठी बुहारीसँगै कान्छी बुहारी पनि ६ वर्षको बच्चालाई लिएर गइन् । योजना अनुसार घरबाट भाग्नुअघि उनले आफ्नो फोन स्वीच अफ गरेको बताइएको छ । जसको लोकेशन ट्रेस हुन सकेको छैन ।

सम्बन्धित खबरहरु