झापा । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली तीनदिने गृह जिल्ला दौडाहाका लागि झापामा हुनुहुन्छ ।

शनिबार बिहान विराटनगर विमानस्थल उत्रेर ओली झापा पुग्नुभएको हो ।

आज अपरान्ह एमाले झापाले बिर्तामोडमा आयोजना गरेको कार्यक्रमलाई ओलीले सम्बोधन गर्नुभयो । त्यसलगत्तै शनिबार नै बिर्तामोडमै आयोजित अखिलको सचिवालय बैठकलाई सम्बोधन गर्नुभयो ।

आइतबार र सोमबार ओली आफू निर्वाचित झापा क्षेत्र नं ५ मा आयोजित विविध कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । ओली सोमबार साँझ मात्र काठमाडौँ फर्किनुहुनेछ ।

सम्बन्धित खबरहरु