काठमाडौं । विश्व अहिले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको प्रकोपको सामना गरिरहेको छ ।

डेल्टाले गत वर्ष मानिसहरूलाई दिएको घाउ पनि अझै निको हुन सकेको छैन । यो बीचमा कोरोना भाइरसको तेस्रो भेरियन्ट आएको खबरले सबैको होस उडाएको छ ।

साइप्रसका स्वास्थ्य विज्ञहरूले ओमिक्रोन र डेल्टाको संयोजन जस्तो देखिने नयाँ भेरियन्ट पत्ता लगाएका हुन् । वैज्ञानिकहरूले यसलाई ‘डेल्टाक्रोन’ नाम दिएका छन्, जुन भेरियन्टहरूको संयोजनको सबैभन्दा पछिल्लो उदाहरण हो ।

रिपोर्टहरूले साइप्रस विश्वविद्यालयका प्रोफेसर लियोनडियोस कोस्ट्रिकिस, बायोटेक्नोलोजी र आणविक भाइरोलोजी प्रयोगशालाका प्रमुखलाई उद्धृत गर्दै भनेका छन्, ‘हाल डेल्टाक्रोनका २५ संक्रमितहरू फेला परेका छन् ।

अनुसन्धानकर्ताहरुको टोलीका अनुसार कोरोना संक्रमित भेटिएपछि अस्पताल भर्ना भएका अधिकांशमा दोहोरो संक्रमण देखिएको छ ।’ कोस्ट्रिकिसले एक स्थानीय टिभी च्यानललाई भने, ‘डेल्टा र ओमिक्रोन संक्रमितहरु हाल फेला परिरहेका छन् ।

अब कोभिडले नयाँ भेरियन्ट पाएको छ जुन दुबै डेल्टा र ओमिक्रोनको संयोजन हो ।’ अहिलेसम्म यो स्पष्ट छैन कि डेल्टाक्रोन कति अधिक संक्रामक छ । कतिपयले यसलाई ‘डेलमिक्रोन’ पनि भनेका छन् ।

यसअघि एउटा रिपोर्टमा नयाँ भेरियन्टका विशेषताहरू पनि चर्चा गरिएको थियो । जानकारी अनुसार यसअघिका दुई भेरियन्टमा देखिएका लक्षणसँग मिल्दोजुल्दो रहेको बताइएको छ ।

यद्यपि, यो पनि ध्यान दिनु पर्छ कि हाल त्यस्ता भेरियन्टहरूलाई आधिकारिक रूपमा विश्व स्वास्थ्य संगठन वा अन्य कुनै अन्तर्राष्ट्रिय निकायले मान्यता दिइसकेको छैन । विश्व स्वास्थ्य संगठनका प्रमुखले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टमा दिएको चेतावनी सत्य सावित भएको देखिन्छ ।

विश्वभर ओमिक्रोन भेरियन्टहरूको सुनामी आएको छ र ४६ वटा देशहरूमा रेकर्ड कोभिड–१९ संक्रमितहरु छन् । ठूलो संख्यामा खोप दिइसकेको देशमा पनि नयाँ भेरियन्टले आतंक मच्चाएको छ । नेपालसहित देशहरुमा अस्पतालहरूको आईसीयूहरूमा भीडभाड हुन सक्ने संकेत देखिन थालेको छ ।

सम्बन्धित खबरहरु