काठमाडौ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौंका मुख्य चोकहरु विश्वले हेर्न लायक फराकिलो बनाउने विषयमा छलफल अघि बढाउन निर्देशन दिनुभएको छ ।

उहाँको निर्देशन अनुसार अहिले काठमाडौंका मुख्य शहरी चोकहरुलाई विस्तार गरी फराकिलो बनाउने विषयमा आन्तरिक छलफल सुरु भएको छ ।

शहरी विकास मन्त्रालयले काठमाडौंका मुख्य शहरी चोकहरुलाई विस्तार गरी फराकिलो बनाउने विषयमा आन्तरिक छलफल थालेको हो ।

काठमाडौंको बानेश्वर चोकलाई प्राथमिकतामा राखिएको छ । महत्वपूर्ण चोकहरु धेरै साँघुरो भएको र भूकम्प जस्ता महाविपत्ति आउँदा जम्मा हुने ठाउँ समेत नभएकाले आसपासका जग्गा अधिग्रहण गर्ने र फराकिलो बनाउने विषयमा छलफल शुरु भएको मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।

‘धेरै आवदी र आवतजावत रहने क्षेत्रका चोकहरुलाई थप फराकिलो बनाएर विपदको सयममा प्रयोगमा ल्याउनसक्ने बनाउन छलफल भएको हो,’ यसमा अन्तर्राष्ट्रिय जगत नेपाल आउँदा हेर्न लायक बनाउनेगरी काम गर्ने योजना मन्त्री ज्यूको छ एक अधिकारीले बताउनुभयो ।

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नै वानेश्वरचोकलाई फराकिलो बनाउने गरी तयारी थाल्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

आसपासमा रहेका घरधनीहरुलाई मुआब्जा दिएर खाली गराउने निर्णय गरी सैद्धान्तिक सहमतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने मन्त्री झाँक्रीको तयारी रहेको मन्त्रालय स्रोतको दावी छ ।

उहाँले आफ्नै कार्यकालमा यो देखिने काम होस् भन्ने चाहाना राखेर योजना अघि बढाइएको छ अधिकारीले थप स्पष्ट पार्नुभयो ।

 

सम्बन्धित खबरहरु