nepal-bodeकाठमाडौं । संविधान निर्माण प्रक्रियासँगै राजनीति दलहरुबीच देखिएको राजनीतिक ध्रुविकरणसँगै विदेश चासो बढेको छ ।

सत्तारुढ दल र विपक्षीबीच राजनीतिक तित्तता बढिरहेका बेला विदेशी कुटनीतिज्ञहरुले राजनीतिक भेटघाटलाई तिब्र बनाएका हुन् ।

यसैक्रममा बुधबार बिहान अमेरिकी राजदूत पिटर डब्लु बोडेले नेकपा एमालेका नेता माधवकुमार नेपालसँग भेट गरी नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र संविधान निर्माणका विषयमा चासो राखेका थिए ।

एमाले संसदीय दलको कार्यालयमा भएको भेटमा बोडेले संविधान लेखन प्रक्रियामा विपक्षी दलहरुको भूमिकालगायतका विषयमा छलफल भएको बताइएको छ ।

बोडेले सहमतिमा नै संविधान निर्माण गरी देशलाई निकास दिन सुझाव दिएको बताइएको छ । जवाफमा नेपालले दलहरुबीचको सहमतिमा नै संविधान आउने विश्वास दिलाएका थिए ।

यसअघि पनि बोडेले प्रधानमन्त्री सुशील कोइरालालाई भेटेका थिए भने युरोपियन युनियनका राजदूत र भारतीय राजदूतले पनि विभिन्न दलका नेताहरुसँग भेट गरी संविधान निर्माण प्रक्रियाका बारेमा जानकारी लिएका थिए ।

सम्बन्धित खबरहरु