काठमाडौं । आगो ताप्ने विषयमा भएको विवादले उग्र रूप लिएपछि तनाव भएको छ ।

मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ विराटचोकमा आगो ताप्ने क्रममा भएको विवादले झगडाको रूप लिएको हो ।

झगडा हुँदा दुई युवाले एक ट्रक चालकको कान काटेर फरार भएका छन् । उर्लाबारी नगरपालिका ७ का ५२ वर्षीय बोधविक्रम मुखियाको देब्रे कान काटिएको जानकारी दिइएको छ ।

उनको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जानकारी दियो । प्रदेश १–००१ख ८१८९ नम्बरको ट्रक मुखियाले विराट चोकस्थित एक होटेलमा राति खाना खाएर सडकमा बालिएको आगो ताप्न गएका थिए ।

पहिलेदेखि नै आगो तापिरहेका स्थानीय युवाहरुसँग विवाद भएको थियो । इलाका प्रहरी बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले यसको पुष्टि गर्नुभयो ।

विवादका क्रममा कान काटेर फरार भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

सम्बन्धित खबरहरु