काठमाडौ । युक्त अरब इमिरेट्स युएईमा हुनुहुन्छ । सामाजिक सञ्जालमा सेयर गर्ने सामाग्रीमा ध्यान दिनुभएन भने तपाईलाई २ बर्षसम्म जेल हुनसक्छ ।

हालै संयुक्त अरब इमिरेट्स युएईमा सामाजिक सञ्जालमा केही मेम्स र भिडियोहरू भाइरल भएका छन् जसमा कोभिड नियमको खिल्ली उडाइएको थियो ।

अब देशको सरकारले नयाँ कानुनअनुसार यस्ता व्यक्तिलाई जेल हाल्ने निर्णय गरेको छ ।

सरकारले कोभिड नियमको खिल्ली उडाउने वा सामाजिक सञ्जालमार्फत कोभिडसँग सम्बन्धित गलत समाचार सेयर गर्नेलाई कम्तीमा दुई वर्षको जेल सजाय हुन सक्ने जनाएको छ । समाचार सेयर गर्दा समेत तपाई अति सचेत हुनुपर्ने भएको छ ।

मिडल ईस्ट आईको रिपोर्टका अनुसार संघीय अभियोजकहरूले कोभिड महामारीसँग सम्बन्धित गलत जानकारी साझा गर्ने सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई नयाँ कानून अन्तर्गत सजाय हुन सक्ने बताएका छन्। यस्ता व्यक्तिलाई न्यूनतम दुई वर्षको जेल सजाय र ५४ हजार ४५० डलर अर्थात ६४ लाख ७९ हजार जरिवाना तिर्नुपर्नेछ ।

सङ्घीय आपतकालीन संकट तथा प्रकोप अभियोजनले जारी गरेको विज्ञप्तिमा चेतावनीमा भनिएको छ, ‘हालसालै सामाजिक सञ्जालमा कोभिडका लागि आवश्यक सबै कदमको खिल्ली उडाउँदै तस्बिर र भिडियोहरू सेयर भइरहेका छन् र त्यसमा गीतहरू बनाइएका छन्।

यस्तो व्यवहारबाट टाढै रहन हामी सबैलाई आग्रह गर्दछौं । अन्यथा कानून बमोजिम कारबाही हुन सक्छ।

मंगलबार युएईमा कोभिड–१९ का २ हजार ५११ नयाँ केस दर्ता भएका छन् । गत वर्ष, अन्य देशहरू जस्तै, ओमिक्रनले यूएईमा विनाशको दृश्य सिर्जना गर्यो। यसका लागि सरकारले आवश्यक सबै कदम चालेको थियो ।

रमजानलाई ध्यानमा राख्दै सरकार फेरि एकपटक कोभिड केस बढ्ने आशंकामा रहेकोले कोभिड नियमलाई थप कडाइ गरिएको छ । भर्खरै सरकारले कोभिडको नियमित परीक्षण अनिवार्य गरेको छ ।

अबुधाबीमा बस्ने मानिसहरूले प्रत्येक दुई हप्तामा कोभिडको पीसीआर परीक्षण नेगेटिभ देखाउनु अनिवार्य भएको छ। यो नियम सबै सरकारी भवनमा प्रवेश गर्न पनि लागु भएको छ ।

गगनचुम्बी सहर दुबईमा छ महिना लामो दुबई एक्स्पो आयोजना गर्दै आएको युएईले देशमा कोभिड–१९ को बुस्टर डोज नपाएका मानिसहरूलाई प्रवेशमा रोक लगाएको छ। दुबई एक्स्पोमा हालसम्म ९० लाख मानिस आएका छन् ।

सम्बन्धित खबरहरु