काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सरकारविरुद्ध मतदान गर्नुअघि नै राष्ट्रिय सभाका उपसभामुखले अविश्वासको प्रस्तावलाई असंवैधानिक भन्दै अस्वीकार गरेका छन् ।

यो अधिवेशन विधानसभाका उपसभामुख कासिम खान सुरीको अध्यक्षतामा चलिरहेको थियो ।

बीबीसी संवाददाता हुमैरा कम्वलले राष्ट्रिय सभामा पुग्ने सदस्य संख्या बढ्दै गएको तर अहिलेसम्म प्रधानमन्त्री इमरान खान पुग्न नसकेको बताइन् ।

हुमैराका अनुसार ठूलो संख्यामा बेन्चहरू खाली देखिन्छन् । यसअघि खान सरकारलाई अमेरिकाले गिराउन खोजेको आरोप लागेको थियो ।

पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का नेता तथा विदेशमन्त्री शाह महमूद कुरैशीले पाकिस्तानको संविधानले देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न अनुमति दिन्छ कि गर्दैन भनेर विपक्षीहरूलाई सोध्न चाहेको बताएका थिए ।

उनले पाकिस्तानविरुद्ध षड्यन्त्र भइरहेको र पाकिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अधिकार कसैलाई नभएको बताएका हुन् ।

प्रतिपक्षको आलोचना गर्दै उनले भारतका क्षेप्यास्त्र देशको सिमानामा आइरहेका छन्, अफगानिस्तानसँग समस्या छ, त्यसले निर्वाचित लोकतान्त्रिक सरकारविरुद्ध षड्यन्त्र गर्नु प्रतिपक्षलाई सुहाउँछ ? भनेर प्रश्न पनि गरेका छन् ।

 

सम्बन्धित खबरहरु