काठमाडौं । माइतीघर छोड्दा अभिनेत्री वर्षा सिवाकोटी रोएकी छिन् । प्रेमी आशिष गेलालसँग सुटुक्क विवाह गरेकी अभिनेत्री सिवाकोटी अहिले बिहेका तस्विर र भिडियो सेयर गरिरहेकी छन् ।

मेहेन्दी र विवाह समारोहमा खुसी देखिएकी वर्षा बिदाइमा भने रुँदै गरेको देख्न सकिन्छ । रुँदै बिदाइ भएको तस्विर पनि उनले सेयर गरेको भिडियोमा छ ।

जारी भिडियोमा वर्षा मात्र नभई, आफन्त र परिवारले पनि आँशु खसालेका छन् । खुसी र भावुकताको मुडमा देखिएकी वर्षा ब्राइड लुक्समा आकर्षक देखिएकी छन् । शुक्रबार बिहानैदेखि वर्षाको विवाहलाई लिएर गसिप चल्न थालेको थियो ।

गुपचुप विवाह गरेकी वर्षाको स्वयंवरको तस्विर भने समयमा नै सार्वजनिक भएको थियो । सो दिन बेलुका वर्षा र आशिषले सामाजिक सञ्जालमार्फत विवाहको औपचारिक जानकारी दिएका हुन् । वर्षाका तस्विर र भिडियो अहिले पनि सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

सम्बन्धित खबरहरु