काठमाडौं । सामाजिक सञ्जाल चलाउँदा अब पैसा तिर्नुपर्ने भएको छ । एलोन मस्कले ट्विटर किनेदेखि नै यसको सेवा पहिलेको जस्तो निःशुल्क उपलब्ध नहुने डर सुरु भएको हो । यी डरको जवाफ संसारका सबैभन्दा ठूलो धनी व्यक्ति मस्क आफैं दिएका छन् ।

उनले ट्वीट गर्दै यस प्लेटफर्मका व्यावसायिक र सरकारी प्रयोगकर्ताहरूले यसको प्रयोगको लागि पैसा खर्च गर्नुपर्ने बताएका हुन् । उनले सामान्य प्रयोगकर्ताको अवस्था पनि प्रष्ट पारेका छन् । एलोन मस्कले ट्वीट गरे, ‘ट्विटर सधैं साधारण प्रयोगकर्ताहरूका लागि निःशुल्क हुनेछ, तर व्यावसायिक÷सरकारी प्रयोगकर्ताहरूका लागि थोरै लागत लाग्न सक्छ ।’

ट्विटरको पूर्ण अधिग्रहण हुन अझै समय बाँकी छ । यसका बावजुद, मानिसहरू अझै पनि ट्विटरका नयाँ मालिक एलोन मस्कसँग जागिर खोजिरहेका छन् । विश्वको सबैभन्दा धनी व्यक्तिको सामाजिक सञ्जाल पेजमा जागिरका लागि अनुरोध आउने गरेको छ । तर, अधिकांशले ठट्टा गर्दै उनीसँग जागिरको आग्रह गरेका छन् ।

एक महिलाले लेखेकी छन्, ‘मलाई उपाध्यक्षको रूपमा राख्नुहोस् । मसँग ११ वर्षको अनुभव छ । मसँग सामाजिक एपहरू बनाउने क्षमता छ ।’ अर्का एकजनाले लेखेका छन्, ‘मलाई ट्विटरको प्रमुख प्रेम अधिकारी नियुक्त गर्नुहोस् । म मासिक तलब लगभग साढे ८ हजार रुपैयाँ मात्र चाहन्छु, तर यो रकम क्रिप्टो मुद्रामा हुनुपर्छ ।

संसारमा मायाको मात्रा बढाउन म जे गर्न सक्छु ।’ यसैबीच, मस्कले जागिर घटाउने विश्वास गरिएको छ । यो अझै स्पष्ट छैन कि मस्कको टोली कसरी गठन हुनेछ, विशेष गरी सीईओको भूमिका कस्लाई दिइन्छ भन्ने कुरा विशेष चासोको विषय हो ।

सम्बन्धित खबरहरु