काठमाडौं । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले ७ हजारभन्दा बढी मतले अग्रता लिनुभएको छ ।

३१ हजार १९ मत गणना गर्दा महर्जनले १६ हजार ४०९ मत पाउनुभएको छ ।

नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ८ हजार ९३७ मत पाउनुभएको छ । राप्रपाका अष्ट महर्जनले १ हजार ३४१ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुख पदमा भने नेकपा एमालेकी मञ्जली शाक्यले ८८४० मत सहित अग्रता कायम गर्नुभएको छ ।

माओवादी केन्द्रका बाबुराज बज्राचार्य मञ्जलीभन्दा २ हजार २५७ मत अन्तरले पछाडि पर्नुभएको छ ।

बाबुराजले ६ हजार ५८३ मत पाउनुभएको छ । राप्रपाकी स्वर्निमा शाक्यले २ हजार ४२५ मत पाउनुभएको छ ।

ललितपुर माहानगरपालिका वडा नं. १० मा नेपाली कांग्रेसका रबिनमान व्यञ्जनकार ८२८ मत प्राप्त गर्दै र वडा नं. ११ मा नेपाली कांग्रेसकै अरोज कुमार खड्गी ७८४ मतसहित विजयी हुनुभएको छ ।

 

सम्बन्धित खबरहरु