काठमाडौं । भारत, उत्तर प्रदेश, उज्जैन जिल्लामा शनिबार राति १२ बजे गाईले भरिएको आइशर कार्ट (मिनी ट्रक) जलेर खरानी भएको छ ।

आगलागीमा परेर १३ गाई जिउँदै जलेका छन् । नजिकैका मानिसले ६ गाई र बाछोलाई कुनै न कुनै तरिकाले बचाए ।

गाई तस्करी गरी अन्य जिल्लामा लैजान लगेको आशंका गरिएको छ ।

घटनापछि चालक फरार रहेकाले पक्राउपछि मात्रै सम्पूर्ण अवस्था खुल्ने प्रहरीले जनाएको छ । घटना खछरोड प्रहरी चौकी क्षेत्र घिनोडा नजिकै चम्पाखेडाको हो ।

गाडीमा २० भन्दा बढी गाई रहेको खछरोड प्रहरी चौकीका इन्चार्ज रवीन्द्र यादवले बताए । उद्धार गरिएका गाईहरूलाई नजिकैको गोठमा पठाइएको छ ।

एमपी ०९ जीएफ ३७५६ नम्बरको गाडी जाभ्राको तर्फबाट आइरहेको थियो । तर कहाँ जाँदै थियो भन्ने खुल्न सकेको छैन ।

आगलागीपछि गाडीका चालक र क्लिनर फरार छन् । गाडीको चक्काका कारण आगलागी भएको टीआई यादवले बताए ।

घर्षणका कारण पाङ्ग्रामा आगो लागेको र तीव्र हावाका कारण आगो केहीबेरमै फैलिएको बताइएको छ । दमकल आएर आगो निभाएको थियो तर त्यसअघि नै जिउँदै जलेर ८ बाछा र ५ गाईको मृत्यु भैसकेको थियो ।

 

सम्बन्धित खबरहरु