दाङ । नेकपा (एस) एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज जोगबहादुर रानाले पदबाट राजीनामा दिनुभएको छ ।

सत्ता गठबन्धनका तर्फबाट तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवार हुनुभएका रानाले आफू लगायत जिल्लाका सबै उम्मेदवार पराजित भएपछि नैतिकताका आधारमा राजीनामा दिएको बताउनुभएको छ ।

निर्वाचनमा जीत हासिल गर्न नसकेका कारण नैतिक रुपमा पदमा बसिरहन उचित नभएका कारण राजीनामा दिएको रानाले बताउनुभयो ।

यसअघि नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले निर्वाचनपछि गठबन्धनले आफ्नो पार्टीलाई असहयोग गरेको संकेत गर्दै यसबारे समीक्षा गर्नुपर्ने प्रतिक्रिया दिनुभएको थियो ।

 

सम्बन्धित खबरहरु