काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा मेडिकल कलेज स्थापना हुने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले मेडिकल कलेज निर्माणको प्रक्रिया अगाडि बढाइने जानकारी दिनु भएको हो ।

अर्थमन्त्री शर्माका अनुसार काठमाडौं बाहिर मेडिकल कलेज स्थापनाका लागि समन्वय गरिनेछ ।

सरकारले युवा वैज्ञानिकलाई अनुसन्धानलाई प्रोत्साह गर्नेछ । राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गर्ने पनि उहाँले जानकारी गराउनुभयो ।

विदेशी प्राध्यापकलाई भिसा उपलब्ध गराएर नेपाल आउन सहजिकरण गरिनेछ । शिक्षण संस्थामा वर्षमा दुई पटक भर्ना गर्ने योजना लागु गर्ने कार्यक्रम पनि सरकारले ल्याएको छ ।

 

सम्बन्धित खबरहरु