काठमाडौं । एक बालिका बलात्कारको सिकार भएकी छिन् ।

भारत, राजस्थानको करौलीमा चार वर्षीया बालिकालाई बलात्कार गरिएको हो ।

राजस्थान प्रहरीले पोस्को ऐन अन्तर्गत मुद्दा दर्ता गरेर आरोपीलाई घटना भएको ३६ घण्टा भित्र पक्राउ गरेको छ । प्रहरीका अनुसार आरोपितले ६५ वर्षीया महिलालाई पनि यसअघि बलात्कार गरेका थिए ।

पीडित परिवार तीन महिनादेखि हिन्दौन सहर नजिकैको बस्तीमा बस्दै आएको छ । गत शुक्रबार राति पीडित परिवारकी तीन वर्षीया कान्छी छोरीले आमासँग पिउनका लागि पानी मागिन् ।

त्यसबेला परिवारले जेठी छोरी हराएको थाहा पायो । बालिकालाई वरपर खोजे, तर कतै फेला पार्न सकेनन् ।

बिहान करिब ५ः१५ बजे फोहोर उठाउने व्यक्तिले एक बालिका फोहोरको थुप्रोमा सुतेको अवस्थामा फेला पारेका हुन् । रगतले लतपतिएको र अचेत अवस्थामा बालिका भेटिएकी थिइन् ।

त्यसपछि परिवारले उनलाई जिल्ला अस्पताल पुर्यायो । चिकित्सकले बालिकाको अवस्था गम्भीर भएको भन्दै जयपुर रिफर गर्दिए ।

उपचारपछि अहिले बालिकाको अवस्था पहिलेभन्दा निकै राम्रो भएको छ । राति सुतिरहेको अवस्थामा ती केटाले आफूलाई लगेर गएको पीडित बालिकाले प्रहरी र परिवारलाई बताइन् ।

बलात्कार मात्रै नगरेर धेरै ठाउँमा दाँतले टोकेको पनि बालिकाले बताएकी छिन् । उनलाई लठ्ठीले कुटपिट गरेर भुइँमा सुताएको समेत खुलेको छ ।

जसकारण उनको ढाडको छाला उत्रेको छ । कुर्कम गरेपछि बालिकालाई लुगा लगाएर ट्र्याक नजिकैको फोहोरमा फालेर ती युवक भागेका थिए । यस कुराको पुष्टि गर्दै एसपी शौलेन्द्र सिंह इन्दोरालियाले गर्नुभयो ।

५ प्रहरी चौकीको टोलीले धेरै ठाउँको सीसीटीभी फुटेज स्क्यान गरी आरोपीलाई पक्राउ गरेको हो । बालिकालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

बालिकालाई चोट लागे पनि खतरामुक्त रहेको चिकित्सकले बताएका छन् । यस विषयमा गम्भीरतापूर्वक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दियो ।

 

सम्बन्धित खबरहरु