काठमाडौं । युक्रेनमाथि आक्रमण सुरु गरेपछि पश्चिमा देशहरूले रुसविरुद्ध लगाएका प्रतिबन्धलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बहुलट्ठी र विवेकहीन को संज्ञा दिनु भएको छ ।

सेन्ट पिटर्सबर्गमा आयोजित एउटा कार्यक्रममा बोल्दै उहाँले पश्चिमा देशको कदमको चर्को आलोचना गर्नुभएको हो ।

उहाँका अनुसार रुसविरुद्धको आर्थिक अभियान सुरुदेखि नै सफल हुने कुनै सम्भावना थिएन ।

प्रतिबन्ध लगाउने देशकै लागि त्यस्तो निर्णय अधिक हानिकारक भएको उहाँको दाबी छ ।

पश्चिमी राष्ट्रहरूले रुसलाई दण्ड दिने र आफ्नो अर्थतन्त्र सुरक्षित राख्ने प्रयासबीच सन्तुलन कायम गर्न खोजिरहेको पनि उहाँको बुझाई रहेको छ ।

सेन्ट पीटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक फोरमको वार्षिक कार्यक्रममा बोल्दै राष्ट्रपति पुटिनले रुसमाथिको प्रतिबन्धका कारण ईयूले ४०० अर्ब डलरभन्दा बढी घाटा बेहोर्न सक्ने दाबी गर्नुभयो ।

पुटिनले ईयूका २७ सदस्य राष्ट्रमा महँगी बढ्दै गएको र युरोपमा मानिसहरूको वास्तविक चासोलाई पन्छाइएको आरोप लगाउनु भएको छ ।

पुटिन निकटस्थ अधिकारीहरूले भने पश्चिमा राष्ट्रहरूले लगाएको प्रतिबन्धका कारण रुसी अर्थतन्त्रमाथि गम्भीर क्षति पारेको बताउँछन् । बीबीसी

 

सम्बन्धित खबरहरु