काठमाडौं । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित साक्षरता प्राविका शिक्षिका गोमा कार्कीमाथि प्रध्यानध्यापक लक्ष्मी पौडेलले हातपात गरेका छन् ।

आर्थिक पारदर्शीताको विषयमा विवाद हुँदा प्रध्यानध्यापक पौडेलले शिक्षिका कार्कीमाथि शुक्रबार विद्यालय व्यावस्थापन समितिको बैठकमा नै हातपात गरेकी हुन् ।

प्रध्यानध्यापकले पानीपेटमा लात्ताले हान्दा शिक्षिकाका स्वास्थ्यमा गम्भीर समस्या निम्तिएको शिक्षिका कार्कीले बताइन् ।

निरन्तर पेट दुख्ने र पिसाव नरोकिने समस्या देखिएपछि कार्कीलाई जिल्ला अस्पताल दिक्तेलले शनिबार नोवेल अस्पताल बिराटनगर रेफर गरेको जनाएको छ ।

उनको अहिले नोवेल अस्पताल बिराटनगरमा उपचार भईरहेको छ ।

पेटमा लात्ताले लागेपछि गम्भीर बनेकी कार्कीलाई आफन्तले शुक्रबार राती जिल्ला अस्पताल पु¥याएको थियो ।

बैठकमा कुटिएकी शिक्षिकाको घाउ जाँचका लागि आफन्तले शनिबार जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन् ।

पाठ्यपुस्तकको १० हजार ८८५, सिपको १५ हजार, मसलन्दको १५ हजार, अडिटको १० हजार, मर्मतको ९ हजार, छात्रबृत्तिको ४ हजार ८००, इन्टरनेटको १२ हजार, इन्टरनेट रिजार्चको १२ हजार, दिवाखाजाको ३४ हजार ५९६ लगायत १ लाख ३२ हजार ९३१ को आयव्यायका बारेमा जिज्ञासा राख्दा आफूमाथि कुटपिट भएको शिक्षिका कार्कीको भनाइ छ ।

कार्की पनि सोही विद्यालयकी पूर्वप्रअ हुन् । यसअघि अप्रेशन गरेको ठाउँमा चोट लाग्दा स्वास्थ्य समस्या निम्तिएको अनुमान गरिएको छ ।

विव्यास अध्यक्ष सकुन्तला खत्रीले घटनाका बेला केही पर भएकाले ठेलाठेल भएको तर लात्तीले हानेको नदेखेको बताइन् ।

‘यो भन्दा अघिको बैठकमा पनि उहाँहरुबीचमा आर्थिक हिसावको विषयमा विवाद भएको रहेछ,’ खत्रीले भनिन्, ‘शुक्रबारको बैठकमा पनि त्यही विषय निस्केर विवाद भएको हो । ठेलाठेल भएको देखेँ ।

पछि पेट दुख्यो भन्दै उहाँ (लक्ष्मी पौडेल) रुँदै हुनुहुन्थ्यो ।’ घटनाका विषयमा बुझ्न खोज्दा प्रअ पौडेलसँग सम्पर्क हुन सकेन ।

 

सम्बन्धित खबरहरु