kp-oli-in

जनबोली न्युज डेक्स/ १७ माघ, काठमाडौ । पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल र प्रश्नावली समितिमा प्रस्तुत हुने शैली निर्धारण गर्न कांग्रेस बसेको पदाधिकारी बैठकमा एमाले अध्यक्ष केपी ओली पनि पुगेकाछन् ।

प्रधानमन्त्री निवास वालुवाटारमा बसेको पदाधिकारी बैठकमा आज दिउसो बस्ने प्रश्नावली समितिको बैठकमा कसरी प्रस्तुत हुने भन्ने बिषयमा छलफल भएको छ ।

बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति सुशील कोइरालाले बिभिन्न दलका नेताहरुसंग भएको छलफलका बिषयमा नेताहरुलाई जानकारी गराउने छन् ।

काँग्रेसको आन्तरिक छलफल भैरहँदा काँग्रेसका शीर्ष नेताहरुसंग छलफल गर्न एमाले अध्यक्ष केपी ओली पनि बालुवाटार पगेका थिए । ओली पुगेपछि कांग्रेस बैठक प्रभावित भएको बालुवाटर स्रोतले जनायो ।

एउटा पार्टीको आन्तरीक छलफल भैरहेको स्थानमा अर्कै दलको प्रमुख आउनु अशोभनीय भएको कांग्रेसका एक नेताले बताए ।

ओली बैठकमा किन पुगे भन्ने बारे नखुलाइए पनि कांग्रेसका नेताहरुसँग समान धारणा बनाउन उनी त्यहाँ पुगेको बताइएको छ ।

यता, आन्तरिक रणनीति तय गर्न एमाओवादीको केन्द्रीय समितिको बैठक पनि आज बस्दै छ ।

सम्बन्धित खबरहरु