suryabahadur-thapa

सबैको सहमतिमा संविधान जारी गर्नुको विकल्प नभएको भन्दै पुर्व प्रधानमन्त्री एवं राप्रपाका नेता सुर्यबहादुर थापाले ३१ बुँदे नयाँ प्रस्ताव सार्वजनिक गरेका छन् ।

उनले आफ्नो प्रस्ताव सवै दलका शिर्ष नेताहरुले स्विकारेर सहमतिमा पुग्ने दाबी समेत गरेका छन् ।

 आफ्नै निवास मालिगाउँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले एकिकृत नेकपा माओवादी र मधेसवादी दलहरुलाई वार्तामा बोलाएर सहमति कायम गर्नुपर्नेमा जोड दिए ।

उनले संविधानसभा प्रक्रियामा गए पनि सहमतिमा जानुको बिकल्प नभएको बताएका हुन् ।

नेता थापाले माघ ८ मा संविधान वन्न नसक्नुको प्रमुख जिम्मेवारी प्रमुख दलहरुले लिनुपर्ने भन्दै उनीहरुका कारणनै संविधान वन्न नसकेको आरोप लगाए । उनलेले दलहरुले एक वर्षको समय तेतिकै खेर फलेको भन्दै आक्रोस समेत पोखेका छन् ।

सम्बन्धित खबरहरु