काठमाडौं । नयाँ सोचका साथ आउनु भएका काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) समय बित्दै जाँदा निकै विवादमा पर्नुपर्यो ।

सरकारी बजेटबाट सालिक बनाउने निर्णय गरेपछि चौतर्फी आलोचित बन्नु भएका काठमाडौं महानगरका मेयर बालेन पछि हट्नुभयो ।

स्व. र्यापर यम बुद्धको शालिक बालेनले सरकारी रकमबाट नभई आफ्नै तलबबाट बनाउनु उद्घोष गर्नुभएको छ । यसबीच सामाजिक सञ्जालमा बालेनलाई सम्बोधन गरेर गरिएको एक सन्देश भाइरल हुँदैछ ।

नेपाल वायुसेवा निगममा कार्यकारी बिक्री प्रबन्धकका रुपमा कार्यरत सुवास तिमल्सिनाले एक पोस्ट फेसबुकमा राख्नुभयो, जुन अहिले भाइरल भइरहेको छ ।

अँ यार ! बालेन ब्रो !!
आज मेरो साउदीको भिसा लाग्यो, मेरो गाउँ त तपाईंको कार्यक्षेत्र भित्र पर्दैन !
तर मेरा भाईबहिनी तपाईंको शहरमा अवसर खोज्दै, भविष्य बनाउन भौतारिदैँ आउने छन् !
आफ्नो गति बढाउन गाउँ छोडि शहर छिरेको म, मेरा गति ! फेरि कहिलैँ उठ्न नसक्ने गरि थिचिएका, भत्किएका अनि साघुँरा सडक हरुले धिँमो बनाई दिए, भोको पेटमा १ लिटर पानी पिए पनि, पेट अघाँउने मेरो गाउँ छोडि शहर छिर्दा, ४ बजे उठेर दुई भाडा पानी भर्नु पर्दा देखेका सपना हरु सबेरै टुट्न पुगे !
आमाले ..
पसलबाट चिनी ल्याउदाँ आमा सँगै घर आउने प्लास्टिकलाई चिनी सकिएपछि त्यसभित्र गुन्द्रुक पोको पारि राख्नु हुन्थ्यो । तर आनन्दको सहरीया स्वास लिई आफ्नो साहस बढाउन शहर छिरेको म । सडक, किनारा,चोक , मन्दिर जहाँ जाउ धुवाँधुलो र दुर्गन्ध मिस्रीत प्राण वायु पाए !

अँ यार ! बालेन ब्रो
आज मेरो साउदीको भिसा लाग्यो, मेरो गाउँ त तपाईंको कार्यक्षेत्र भित्र पर्दैन !
तर मेरा भाईबहिनी तपाईंको शहरमा अवसर खोज्दै, भविष्य बनाउन भौतारिदैँ आउने छन् !
पब्लिक यातायात चढ्दा ढोकामा उभिएर साझँ म कोठा पुगे जस्तै !
मेरी बहिनी तपाईंको शहर छिर्दा सबै भन्दा सुरक्षित नै यो यातायात हो, भन्दै तपाईंको नाम स्मरण गरोस् !
भाई कामकाजले सरकारी कार्यालय जाँदा,
ओहो ! कस्तो राम्रो सिस्टम भन्दै तपाईको काम स्मरण गरोस् !
नाक मुख थुन्दै घण्टौँ जाममा पर्दै कोलाहल लाई छिचोल्दै एअरपोर्ट आएको म !
साउदीबाट फिर्ती हुँदा लामो सास तान्दै तपाइँ को काम अनि नाम स्मरण गर्न पाउ ! र भन्न पाउ कि बालेन जस्तै गाउँ मा कोही जन्मेका भए साउदीको तातो घाम पिउन म आउनु पर्ने थिएन होला सायद भन्दै ! बालेनले रोपेका विकासका जरा गाउँ गाउँ देख्न पाउ ! एअरपोर्ट ओर्लने बितिक्कै मेट्रो रेल चढी आफ्नो गन्तव्य जान पाउँ ! विकासको आधिँ देख्न पाउँ !
तिम्रा शालिक चोकमा हैन, सबै जनताको मनमा उभिएको देख्न पाउँ !

 

सम्बन्धित खबरहरु