काठमाडौं । आर्थिक अवस्था कमजोर भएका एकजना लड्नु भएको छ । बैतडी, मेलौली नगरपालिकाका जय बहादुर चन्द बिहिबार दिउँसो भिरबाट लड्नु भएको हो ।

उहाँलाई ठूलो चोट लागेको छ । आर्थिक अवस्था एकदमै कमजोर भएका कारण उपचारमा समस्या देखिएको छ ।

दैनिकी चलाउन दिनभरी मजदुरी गर्दै आउनु भएका चन्द बिहिबार दिउँसो लड्नु भएको भतिज दिपेन्द्र जोशीले जानकारी गराउनुभयो ।

मेलौली, रोकटाको तोलिगडा वस्ने चन्द बाख्रा चराउने क्रममा भैरोका खोलाको भिरबाट खसेर घाइते हुनु भएको हो । उहाँलाइ नगरपालिकाको एम्बुलेन्समा काडा अस्पताल लगिएको छ ।

उपचारका लागि सहयोग गर्न सबैसँग परिवारले अपील गरेको छ । सहयोग गर्न चाहनेहरुले जोगेन्द्र चन्दको इसेवा र खातामा रकम पठाउन सक्नुहुन्छ । इसेवा नम्बर–९८४०३४८१११ सिभिल बैंक–०३३१०५७५०६६०११

आदणिय काका जय बाहादुर चन्द अहिले भर्खरै भिर बाट खसेर ठूलो चोट लागेको छ।

आर्थिक अबस्ता एकदमै कमजोर भएका खान लाउन लाई दिन भरि मजदुरि गरि बिहान बेलुकिको छाक टार्ने भएकाले सहयोग को लागि अपिल गर्दछु । सहयोग गर्न चाहाने साथि लाई : 9840348111 esewa number jogendra chand र 03310575066011- jogendra bahadur chand, civil bank .

 

सम्बन्धित खबरहरु